‘रसुवाली कवि’का नामले परिचित तिमिल्सिना पक्राउ

188
  •  
  •  
  •  

काठमाडौं, २ वैशाख(ओएनएस) : ‘रसुवाली कवि’का नामले परिचित कवि तथा पत्रकार ठाकुरप्रसाद तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।

बालाजुको हिलेगाउँ क्षेत्रबाट सशस्त्र प्रहरीको सादा पोसाकको एक टोलीले उनलाई सोमबार बिहान साढे १० बजे पक्राउ गरेका हो ।

चिया पिउँदै साहित्यिक बहस गरिरहेका उनलाई प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नेता भएको भन्दै पक्राउ गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
सशस्त्रको टोलीले उनलाई महानगरीय प्रहरी वृत्त बालाजुमा बुझाउने तयारी गरिरहेको छ ।

रसुवाको कालिका गाउँपालिका–३ का बासिन्दा उनी काम विशेषले काठमाडौं आएका थिए ।  उनलाई विशेष सूचनाका आधारमा सशस्त्रको टोलीले पक्राउ गरेको बताइएको छ ।


  •  
  •  
  •