स्पर्श हनी ब्रान्डमा प्रहरीको छापा, सात हजार किलो महसहित संचालक पक्राउ

139
  •  
  •  
  •  

काठमाडौं । अखाद्य वस्तु मिसावट गरिएको करिब सात हजार किलो महसहित एकजना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बिहीबार काठमाडौं नयाँबजार, ज्याठाबाट स्पर्श हनी नामक ब्रान्डका सञ्चालक नरेश श्रेष्ठलाई पक्राउ गरेको हो । महमा अखाद्य वस्तु मिसावट गरेको सूचनापछि प्रहरी टोलीले छापा मारेको थियो । परीक्षण गर्ने क्रममा महमा अखाद्य वस्तु मिसाइएको पुष्टि भएको महाशाखाले जनाएको छ ।

प्रहरीले उक्त सबै महसहित कच्चापदार्थलगायत सामग्री बरामद गरेको छ । त्यसमा सोडालगायत वस्तु मिसाएको पाइएको प्रहरीले जनाएको छ । थप अनुसन्धान गरिरहेको उनले बताए ।

प्रहरीका अनुसार उक्त मह प्रतिकिलो ६०० रुपैयाँमा बिक्री गरिँदै आएको थियो ।


  •  
  •  
  •