एक करोड हुन्डीसहित तीन कारोबारी पक्राउ

76
  •  
  •  
  •  

काठमाडौं । एक करोड हुन्डीसहित काठमाडौंमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेल रहेका छन् ।

प्रतिकात्मक तस्बिर

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनीहरुलाई सोमबार काठमाडौंको ओमबहालबाट पक्राउ गरेको हो । सीआईबी प्रमुख (डीआईजी) सहकुल थापाले पक्राउ परेकाको थप अनुसन्धान अगाडि बढाइएको बताए ।


  •  
  •  
  •