सट्टेबाजी गर्ने सात जना काठमाडौंबाट पक्राउ

92
  •  
  •  
  •  

काठमाडौं । यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजी गर्ने सात जना काठमाडौंबाट पक्राउ परेका छन् ।

भारत घर भएका कुलदीप शारणको कोठामा सट्टेबाजी भइरहेको सूचनाका आधारमा छापा मारेर एक लाख ८५ हजार रुपैयाँ र विभिन्न ठाउँबाट सात जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

पक्राउ पर्नेमा भारतकै सञ्जिव शारण, अजय गौतम, नवीन जैन, सिन्धुपाल्चोकका प्रदीप घिमिरे, कुलेश्वरको उत्तम सापकोटा र सोल्टीमोडका कुमार बमसल रहेका छन् ।
पक्राउ परेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •