बौद्धबाट २१ किलो रक्तचन्दनसहित चार जना पक्राउ

80
  •  
  •  
  •  

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बौद्धबाट रक्तचन्दनसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिकात्मक तस्बिर

सोमबार राति अरपेशन चलाएर चार जना रक्तचन्दन कारोबारीलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । पक्राउ परेकाहरुको नाम गोप्य राखिएको छ। उनीहरुको समूहका थप एक जना फरार भएको र उनको समेत खोजी भइरहेको महाशाखाले जनाएको छ ।

उनीहरुको साथबाट २१ किलो ९ सय ग्राम रक्तचन्दन बरामद गरेको छ। आठ हजार ५ सय रुपैयाँ किलोको दरले बिक्री गर्न लागेको अवस्थामा उनीहरुलाई रक्तचन्दनसहित पक्राउ गरिएको हो ।


  •  
  •  
  •