एक लाख रुपैयाँ घुससहित इन्जिनियर पक्राउ

294
  •  
  •  
  •  

काठमाडौं । बाग्लुङ ढोरपाटन नगरपालिका कार्यालयमा कार्यरत एक इन्जिनियर घुससहित पक्राउ परेका छन् ।

अन्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले इन्जिनियर मिलन अधिकारीलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

प्रतिकात्मक तस्बिर

उपभोक्ता समितिबाट भएको सडक निर्माण सम्बन्धी योजनामा भक्तानी दिएबापत विभिन्न बहाना बनाई घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा पोखरा महानगरपालिकाको जिरो प्वाइन्ट भन्ने स्थानबाट पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

उनको थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले बताए ।


  •  
  •  
  •