ठगी आरोपमा ‘ज्योतिष’ अर्जुन क्षेत्रीसहित तीन जना पक्राउ

65
  •  
  •  
  •  

काठमाडौं । आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्रीलाई प्रहरीले ठगी गरेको आरोपमा पक्राउ गरेको छ । उनीसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको टोलीले पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सह–सचिव हुँ भनेर ठगी गरेको अभियोगमा क्षेत्री पक्राउ परेका हुन् ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले क्षेत्रीसहितका केही व्यक्ति पक्राउ परेको जानकारी दिए । उनले थप विवरण संकलनको काम भइरहेको बताए ।

विद्युत् प्राधिकरणले खरिद गरेका जग्गामा घोटाला भएको भन्दै क्षेत्रीले चार करोड रुपयाँ माग गरेको बताइएको छ ।


  •  
  •  
  •