काठमाडौं । बलात्कार आरोप लागेका ‘सिद्धबाबा कृष्णदाश महाराज’ भनेर चिनिने कृष्ण बहादुर गिरीलाई पह्ररीले पक्राउ गरेको छ ।
सुनसरी जिल्ला प्रहरी कार्यालयले सोमबार बिहान ५ बजे गिरीलाई विराटनगरस्थित विराट नर्सिङ होमबाट पक्राउ गरेको हो । उनीमाथि आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेको छ ।
बलात्कार आरोपी सिद्धबाबालाई प्रहरीले आइतबार नै नियन्त्रणमा लिन खोजेको थियो । तर विराट नर्सिङ होमले हृदयघात भएको भन्दै आईसीयूमा राखेको थियो ।
गत कात्तिक ४ गते आफुलाई बलात्कार गरेको भन्दै एक महिलाले उजुरी दिएपछि प्रहरीले यसबारे अनुसन्धान शुरु गरेको हो ।