चेक प्वाइन्ट राखेर रकम असुल्ने पक्राउ

135
  •  
  •  
  •  

दाङ । गैरकानूनी रुपमा चेक प्वाइन्ट राखेर सवारी साधनबाट रकम असुल्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

दाङको घोराही–रोल्पाको होलेरी सडक खण्डमा चेक प्वाइन्ट खडा गरी सवारी साधनवाट रकम असुल्दै आएका ६ जना युवाहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी ३४ वर्षीय रामचन्द्र वली, वडा नं. १५ निवासी २८ वर्षीय चन्द्र खड्का, सोही ठाउँका ३१ वर्षीय नरेश घर्ती, वडा नं. १३ निवासी ३३ वर्षीय नन्दबहादुर पुन, वडा नं. १४ का २२ वर्षीय पृथ्वी वली र प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ३ मालारानी घर भई हाल घोराही १४ मा बस्दै आएका २६ वर्षीय खिमबहादुर पुन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रवक्ता उनीहरुले घोराही होलेरी सडक खण्ड अन्तरगत घोराही उपमहानगरपालिका वडा नं. १३ सेवार बगाले भन्ने स्थानमा रोल्पा रुकुम ट्रक तथा मिनी ट्रक यातायातको बोर्ड राखेर चेक प्वाइन्ट खडा गरी विभिन्न सवारी साधनबाट गैरकानूनी रुपमा रकम असुल्दै आएका थिए ।


  •  
  •  
  •