विप्लव समुहकी काठमाडौं जिल्ला इन्चार्ज पक्राउ

713
  •  
  •  
  •  

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी काठमाडौं जिल्ला इञ्चार्जलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धिरेन्द्रा उपाध्याय ‘भृकुटी’ रहेकी छन् ।

उपाध्यायलाई बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोख्रेलले जानकारी दिए ।

केही दिनअघि काठमाडौं उपत्यका ब्यूरो इञ्चार्ज माइला लामालाई पक्राउ गरेको प्रहरीले उपाध्यायको पनि खोजी तीव्र पारेको थियो । महानगरीय प्रहरी परिसर र अपराध महाशाखाले केही दिनदेखि इञ्चार्ज उपाध्यायको बारेमा अनुसन्धान गरिरहेका थिए ।

कालिकोटको साराकोट घर भएकी उपाध्याय तत्कालीन एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट समानुपातिकतर्फबाट सभाषद बनेकी थिइन् ।

भृकुटी विप्लवको महिला संगठनकी महासचिव समेत हुन् । साथै प्रहरीले विप्लव समूहका अर्का नेता कुबेर घिमिरेलाई पनि पक्राउ गरेको छ ।


  •  
  •  
  •