विप्लवका जिल्ला इञ्चार्जसहित सदस्य पक्राउ

350
  •  
  •  
  •  

कावासोती, १२ चैत(ओएनएस) : प्रहरीले नेत्रविक्रम चन्द ’विप्लव’ समूहका पश्चिम नवलपरासी जिल्ला इञ्चार्जसहित जिल्ला सदस्यलाई पक्राउ गरेको छ ।

फाइल तस्बिर

पक्राउ पर्नेमा पश्चिम नवलपरासी जिल्ला इञ्चार्ज गंगा ज्ञवाली रहेका छन् ।

उनलाई उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नवलपरासी पश्चिम बर्दघाट–४ बाढी पीडितस्थित उनको घरबाट राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

पक्राउ परेका ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीमा राखिएको छ ।

यस्तै प्रहरीले नवलपरासी पूर्वबाट सो समूहका नवलपरासी जिल्ला सदस्यलाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सदस्य कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ४७ वर्षीय धनबहादुर मर्दनिया रहेका छन् ।


  •  
  •  
  •