१८ किलो सुनसहित पक्राउ

54
  •  
  •  
  •  

कन्चनपुर, २ फागुन(ओएनएस) : प्रहरीले कन्चनपुरको पुनर्वास नगरपालिका–२ बाट १८ किलो सुनसहित १ जना पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले भारतको सीमाक्षेत्र पुनर्वासबाट १८ किलो सुन बरामद गरेको हो ।
उक्त सुन घरभित्र खाल्डो खनेर लुकाइएको अवस्थामा बरामद भएको अपराध महाशाखाका डिएसपी रुगम कुवँरले जानकारी गराए ।
घरभित्र खाल्डो खनेर माथिबाट आलुले छोपेर सुन राखिएको अवस्थामा फेला पारिएको थियो ।

अर्का एक जना पनि संलग्न रहेकाले अनुसन्धान भइरहेको कुँवरले बताए । पक्राउ परेकाको नाम भने प्रहरीले गोप्य राखेको छ ।


  •  
  •  
  •