काठमाडौं, ९ मंसिर (ओएनएस) : पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ १८ औं सार्क शिखर सम्मेलनमा भाग लिन काठमाडौंमा आइपुगेका छन् ।
उनी पाकिस्तान इन्टरनेशनल एयरल्याइन्डस्को बिमानबाट ३ बजेर ४० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा अवतरण गरेका हुन् ।
सरिफलाई उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम लगायतका सरकारका उच्च पदस्थ अधिकारीहरुले स्वागत गरेका थिए ।
उनको सम्मानमा नेपाली सेनाले राष्ट्रिय गानसहित सलामी अर्पण गरेका थिए ।
Comments are closed.