पाकिस्तानका सेना प्रमुखले प्रधानमन्त्रीलाई भने, ‘४८ घण्टामा ३ हजारलाई फाँसी दिऊँ’

200
  •  
  •  
  •  

peshawar-in-pain1काठमाडौ, ४ पुस(एजेन्सी) : पेशावरमा तालिबानी आतंककारीहरूले १ सय ३२ बच्चाहरूसहित १ सय ४५ जनाको हत्या गरेको घटना पछि पाकिस्तानी सेना प्रमुख राहिल शरीफले प्रधानमन्त्री नवाज सरिफलाई पाकिस्तानका जेलहरूमा रहेका करिब ३ हजार आतंककारीहरूलाई ४८ घण्टाभित्र फाँसी दिन माग गरेका छन् ।

राहिल शरीफले ट्विट गर्दै लेखेका छन्, ‘मैले प्रधानमन्त्री नवाज शरीफसँग सबै आतंककारीहरुलाई फाँसी दिनका लागि भनेको छु । ३ हजार भन्दा बढि आतंककारीहरूलाई ४८ घण्टाभित्र फाँसी दिइनुपर्छ ।’

उनले ट्विटरमार्फत नै आतंककारीका विरूद्ध लड्ने घोषणा गरेका छन् । उनले लेखेका छन्, ‘अब धेरै भइसक्यो । अब ती मानिसहरू विरूद्ध प्रतिकार गर्नुपर्छ, जसले आतंककारीहरूको पक्षमा बोल्ने गर्छन् ।’ यस्तै, उनले अर्को एक ट्विट गर्दै तालिबानीहरूलाई कडा चेतावनी दिएका छन् । उनले लेखेका छन्, ‘तहरिक-ए-तालिबानकटा लागि सन्देश । तिमीहरुले हाम्रो बच्चा मार्यौ । अब तिमीहरूले यसको नजिता भोग्नुपर्छ । साना बालबालिकाको हरेक रगतको थोपाको मूल्य तिमीहरुले चुकाउनुपर्नेछ । यो मेरो प्रतिक्षा हो ।’

तालिवान विरूद्ध प्रधानमन्त्री नवाज शरीफले पनि ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘तालिबान, पाकिस्तानी सेना तिमीहरूसम्म पुग्नेछ र तिमीहरुलाई वर्वाद गर्नेछ । तर, उनीहरूले तिमीहरुको पत्नी या बच्चाहरूलाई निशाना बनाउने छैन् । उनीहरू तिमीहरू जस्तो कायर छैनन् ।’ शरीफले पाकिस्तानी जनतासँग सेनालाई समर्थन गर्नका लागि अपिल पनि गरेका छन् ।


  •  
  •  
  •