झन्डै दुईलाख रुपैयाँसहित ८ जुवाडे पक्राउ

291
  •  
  •  
  •  

काठमाडौं, २६(ओएनएस) : काठमाडौं महानगरपालिका–६ महाकांलबाट एक लाख ९६ हजार १ सय ५० रुपैयाँसहित आठ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरीवृत बौद्धले शनिबार विशेष सूचनाको आधारमा एक घरमा छापा मारी तेस्रो लिंगी रोशनी चौधरी, जुवा अखडा सञ्चालिका जीतु पाख्रिन, सरिता शेर्पा, पुनम थापा, छिरिङ तामाङ, सानु लामा, वीरेन्द्र थापा र वीरबहादुर तामाङलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनाढ्य परिवारका महिलासमेत रहेको र उनीहरुलाई आइतबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी थप अनुसन्धान थालिएको बताइएको छ ।
त्यसैगरी शनिबार नै मूलपानीको एक होटलमा तास खेलिरहेको अर्को समूहलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विशाल श्रेष्ठ, तेजबहादुर तामाङ, राजकुमार काफ्ले, दीपेन्द्र राई, सूर्य सापकोटा, कृष्ण वाईबा र मनोज पन्त छन् । उनीहरुको साथबाट रु पचास हजार २०० बरामद भएको थियो । पक्राउ परेका सबैलाई जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारवाही अघि बढाइने प्रहरीले जनाएको छ ।


  •  
  •  
  •