लागूऔषध कारोवारी सार्वजनिक

61
  •  
  •  
  •  

काठमाडौं । ठूलो परिणामको लागूऔषधसहित काठमाडौंका विभिन्न स्थानबाट ३ भारतीयसहित ७ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले विभिन्न मिति र स्थानबाट लागूऔषध ४ हजार ३ सय २६ एम्पुलसहित ७ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

ब्युरोको टोलीले बुधबार काठमाडौंको शान्तिनगरबाट भारतीय नम्बर प्लेटको गाडीमा चामलको पिठोभित्र लुकाइ ल्याएको अवस्थामा लागूऔध एम्पुलसहित तीन जनलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तीनै जना भारतीय नागरिक रहेका छन् ।

भारतको बिहारका ३७ वर्षी राजा कुणाल, ३२ वर्षका राजेशकुमार जसवाल र ३७ वषीय अभिषेक कुमार जसवाललाई बीआर ३० पी ८६०७ नम्बरको गाडीमा लुकाएर ल्याएको इाजेपाम १०४७ एम्पुल, नुर्फिन १०३७ र फेरागन १०४२ गरी ३१२६ एम्पुलसहित पक्राउ गरेको हो ।

त्यस्तै ब्युरोले गत भदौ २७ गते गोकर्णश्वर नगरपालिकाको जम्बुडाँडाबाट लागूऔषधसहित पक्राउ गरेका ४ जनालाई उक्त पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको गोलबाजरका ४२ वर्षीय उतिमलाल साह, उदयपुर त्रियुगा–१३ का ३४ वर्षी सुजेन्द्र लोहनी, काभ्रेको रोशी गाउँपालिका ७ का २८ वर्षी पेमा लामा, सिरहा गोलबजारका २३ वर्षी अशोक तामाङ रहेका छन् ।
उनीहरुका साथबाट प्रहरीले डाइजेपाम ४१० एम्पुल, फेनारगन ३७५ र नुर्फिन ५१५ गरी जम्मा १२ सय एम्पुल बरामद गरेको जनाएको छ ।


  •  
  •  
  •