विप्लव समुहका क्षेत्रीय इन्चार्ज पक्राउ

194
  •  
  •  
  •  

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका क्षेत्रीय इन्चार्ज पक्राउ परेका छन् ।
विप्लव नेकपाका ४ नम्बर क्षेत्रीय कमान्डर पुरणबहादुर ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिकात्मक तस्बिर

४५ वर्षीय वलीलाई इलाका प्रहरी कार्यालय मोतीपुरले बासगढी नगरपालिका—५ ब्यारेल टोलबाट पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय मोतीपुरका प्रहरी उपरीक्षक राजेश नाथ बाँस्तोलाले वलीलाई पक्राउ गरिएको बताएका छन् ।

प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका वली विस्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा फरार अभियुक्त हुन् ।
उनलाई अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान अगाडि अघि बढाएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •