ठगिको आरोपमा पक्राउ

75
  •  
  •  
  •  

इटहरी । छिमेकीलाई जग्गा पास गरिदिने भन्दै ७२ लाख रुपैयाँ ठगि गरी फरार गरेको आरोपमा शसस्त्र प्रहरीका पुर्व डिएसपी पुष्पकुमार श्रेष्ठकी श्रीमती मिना कुमारी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीको विशेष सुराकिको टोलीले उनलाई इटहरीस्थित रोयल रिसोर्ट भित्र लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेकी श्रेष्ठले किर्तिपुर वार्ड नं. ३ बस्ने कमला सिग्देललाइ भोलीनै घर जग्गा पास गरिदिने भनी ७२ लाख रूपैयाँ लिएर फरार रहेको आरोप लागेको छ ।

सिग्देलले अपराध महाशाखा टेकुमा दिएको उजुरीको आधारमा शनिबार इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ श्रेष्ठलाई म्याद थप गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।


  •  
  •  
  •