जहाजभित्रै चोरी गरेको आरोपमा पक्राउ

245
  •  
  •  
  •  

काठमाडौं । त्रिभुवन विमानस्थलमा जहाजभित्रै चोरी गरेको आरोपमा दुई चिनियाँ नागरिकलाई पक्राउ परेका छन् ।

प्रतिकात्मक तस्बिर

पक्राउ पर्नेमा राहदानी नं. इजी ६८४२७२२ बाहक क्यूआई म र राहदानी नम्बर इजी ५७४२५२३ बाहक सिन्जोङ हु रहेका छन् ।

टर्किस एयरलाइन्सबाट बुधबार काठमाडौं आएका उनीहरुले जहाजभित्रै डेनमार्कका नागरिकको सुन र नगद चोरी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीलाई खबर प्राप्त भएअनुसार शनिबार बिहान टर्किस एयरलाइन्सबाट स्तानबुल जान लागेका बेला उनीहरुलाई चोरी भएको सुनको बाला दुई वटा र विभिन्न देशका मुद्रासहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


  •  
  •  
  •