पर्वत उद्योग वाणिज्य संघ उपशाखा पैयूँको नयाँ कार्यसमिति

194
  •  
  •  
  •  

पर्वत । पर्वत उद्योग वाणिज्य संघ उपशाखा पैयूँको नयाँ कार्यसमिति घोषणा भएको छ । बुधबार उपशाखा पैयूँको पदाधिकारीहरुको घोषणा तथा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रम समेत उपशाखा पैयूले सम्पन्न गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा कृष्ण प्रसाद श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा अमृत आर्चाय, उद्योग उपाध्यक्षमा हिरा श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा ओम प्रकाश वस्याल, महासचिवमा कृष्ण भूर्तेल, सचिवमा हरि प्रसाद काफ्ले र कोषध्यक्षमा देवी भूषाल रहेका छन् । कार्यसमिति २६ जनाको बनेको कार्यक्रममा जानकारी दिइएको थियो ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष तोरण बहादुर मल्लले कुनै पनि ठाउँको विकास र समृद्विका लागि उद्योग, उत्पादन र रोजगारको भूमिका महत्वपूर्ण हुने बताए । मुलुक आयातमा निर्भर हुनु, औद्योगिक विकास हुन नसक्नृु, उत्पादन निर्यात गर्न सम्भावना नरहनु देशको विडम्बना भएको अध्यक्ष मल्लले बताए ।

उनले पैयूँमा उत्पादनका सम्भावनाबारे व्यवसायीलाई पर्याप्त जानकारी हुने हुँदा आवश्यक सुझाव र सल्लहाको अपेक्षा आफुले गरेको बताए । नीजि क्षेत्रको विकासका लागि सदैव हातेमालो गर्न स्थानीय सरकार तयार रहेको उनको भनाई थियो । गाउँपालिकाले उत्पादनका आधारमा अनुदान प्रदान गर्ने योजना राखेको समेत उनले बताए ।

नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै उनले पैयूँको विकासमा नवनिर्वाचित कार्यसमितिसँग मिलेर जाने प्रतिवद्वता व्यक्त गरेका थिए । त्यसैगरी सोहि गाउँपालिकाकी उपाध्यक्ष याम कुमारी रानाले पैयूँको जनताको जनविश्वासलाई कुनै पनि हालतमा आफुहरुले भत्कन नदिने बताइन् ।

रानाले पैयूँको समृद्विमा व्यवसायीहरुको भूमिका अहम् हुने बताउँदै राज्यलाई कर तिर्ने व्यवसायीहरुको पिर मर्कामा स्थनीय सरकार उदासिन नहुने भन्दै रचनात्मक सहकार्यका लागि उत्साहित रहने बताइन् ।

जनप्रतिनिधि, आम उपभोक्ता र व्यवसायीबीचको समन्वय र सहकार्यबाट बजार तथा व्यवसयालाई थप व्यवस्थित बनाउन सकिने बताइन् । नवनिर्वाचित अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले व्यवसाय नाफामुखी मात्र नभएर सेवामुखी बनाउन संस्थाले काम गर्ने बताए ।

व्यवसायीको हकहित देखि लिएर सो ठाउँको उत्पादनको बजारीकरणका लागि पैयूँ शाखा अग्रसर हुने बताए ।

 

 

 

 

 

 

 

 

 

 

 


  •  
  •  
  •