आफ्नै घरमा कम गरेको पनि पारिश्रमिक

94
  •  
  •  
  •  

काठमाडौं, २१ असोज :तपैले अरूको काम गरेवापत पारिश्रमिक वा तलब पाउनुभएको छ? यहाँका बाढी पीडितले भने आफ्नै घरको काम गरेर पनि पारिश्रमिक पाउने गरेको खबर आजको कान्तिपुरमा छ। त्यो पनि दैनिक तीन सय ५० रूपैयाँका दरले।

बाढीले घरबास पूर्णरूपमा नष्ट भएका पीडितलाई श्रममा प्रोत्साहन गर्दै घरबास बनाउने काममा सघाउन ‘कामको लागि नगद’ दिन थालिएको हो। आफ्नै घरमा कम गरेर पनि पारिश्रमिक पाउँदा डुरूवा ९ चौपरियाका अशोक चौधरी दंग परे। उनले बाढीले घरबि बगाएपछि नयाँ ठाउँमा घर बनाउन मरिमेटेर काम गरे, अस्थायी चर्पी बनाए र बसोबासको व्यवस्था गरे। त्यसपछि उनले १० दिन बराबरको पारिश्रमिक पाउने भए। पाँच दिनको प्रतिदिन ३ सय ५० का दरले आइतबार १ हजार सात सय ५० बुझे र बाँकी दसैंपछि बुझ्दैछन्।

नक्कली बाढी पीडितलाई राहत दिन अपांग मानवअधिकार एवम् सरोकार मञ्चले ह्यान्डीक्याप इन्टरनेशनलको सहयोगमा ‘कामको लागि नगद’ अभियान थालेको हो।

कान्तिपुर दैनिकबाट

  •  
  •  
  •