‘कोही भाग भन्दै थिए, कोही गुहार! गुहार !’

344
  •  
  •  
  •  

काठमाडैं १८ साउन (ओएनएस) :
राति १ बजेतिर हुनुपर्छ, घरमा सुतिरहेका थियौं। एक्कासि जमिनै हल्लिएजस्तो भयो। उठेर बाहिर हेर्दा त घर पहिरोले पुरिसकेको रहेछ। पाँचजना सुतिरहेका थियौं। पत्‍नी रितु र छोराछोरीलाई उठ भनें। हिलाम्मे थियो। ढुंगा एक्कासि मेरो टाउकोमा बजारियो। एकैछिनमा कोलाहल सुरु भयो। कोही आयो आयो… भाग भाग… भन्दै थिए। कोही गुहार ! भन्दै थिए।

दुखाइको पीडा केही याद भएन। बत्ती गएको थियो। कसरी ज्यान जोगाउने भन्ने चिन्तामात्रै थियो। राति केही नदेखिएपछि कता भाग्ने कता भन्ने पत्तो भएन। भित्तो छाम्दै माथितिर लाग्यौं। छोराछोरीलाई डोर्‍याउँदै हिँडें। गाउँका धेरैजना एकै ठाउँमा जम्मा भयौं। के गर्ने के भन्ने भयो।

प्रहरीलाई १०० मा फोन गर्‍यौं। फोन उठे पनि यति राति केही गर्न सकिँदैन, सुरक्षित स्थानमा बस्नु मात्र भने। पटकपटक गरी फोन गर्दा हामी आउँदैछौं भने तर उज्यालो भएपछि मात्रै आइपुगे। त्यतिबेलासम्म जे हुनु भइसकेको थियो।

सुनकोसी नदी पहिरोले पुरेर थुनिएको थियो। धेरै बस्ती नै डुबेको देखियो। घाइतेलाई लैजान स्टेचर माग्दा सशस्त्र प्रहरीसँग भनाभनसमेत भयो। सुरुमा त आफ्नै परिवारतिर ध्यान गयो। दाइ गणेश, भाउजू चन्द्र, भतिजी जया, दुई महिनाको भतिजो र दाइकी सासूसमेत पुरिए। भाइकी पत्नी सोममाया र बहिनी पुनम पनि पुरिए।

पत्‍नी रितु र छोराछोरीलाई उठ भनें। हिलाम्मे थियो। ढुंगा एक्कासि मेरो टाउकोमा बजारियो। एकैछिनमा कोलाहल सुरु भयो। कोही आयो आयो… भाग भाग… भन्दै थिए। कोही गुहार ! भन्दै थिए।
त्यत्रो पहिरोको लेदो र ढुंगा पन्छाएर हामी भाग्यौं। पछि सेनाको हेलिकोप्टर आएर बम खसाल्ने रे भाग भन्न थाले। उद्धार गर्नु त कता हो कता, उल्टै भाग भन्न थालेपछि कोलाहल भयो। पहिरोमा परी बाँचेका पनि रूख समातेरमात्रै जोगिएका हुन्।

घरजग्गा सबै पुरियो, त्यो त पछि निखनिएला तर दाइको परिवारै गुमाउनुप:यो, पीडा त्यही छ। यत्रो घटना हुने रहेछ, राज्यले समयमै ध्यान दिएको भए पहिला नै हामीलाई स्थानान्तरण गर्न सक्थ्यो। प्रहरीले पनि सहयोग गरेन।

एक सयजनाभन्दा बढी मानिस पुरिएको हुनुपर्छ। राजधानीबाट त्यति नजिक भएर पनि राज्यले खोजतलास र उद्धारमा ध्यान दिन सकेन। अस्पतालमा जतिलाई ल्याइएको छ, ती सबै हामी आफैं पहिरोबाट बाहिर निस्किएर ल्याइएको हो। सेनाको हेलिकोप्टरबाट बिहान ११ बजे हामीलाई बीएन्डबी अस्पताल ल्याइयो। त्यसपछि मात्रै टिचिङ अस्पताल ल्याइएको हो।

मसँगै रञ्जन श्रेष्ठ, अमन श्रेष्ठ, इन्द्रलाल श्रेष्ठ, अविनाश श्रेष्ठ, सुसन श्रेष्ठ, तारा श्रेष्ठ, सुमिना श्रेष्ठ, विष्णु नेपाल, रितु श्रेष्ठ, समीर श्रेष्ठ, शेरबहादुर तामाङ, सञ्जु तामाङ, कमला पराजुली र एकजना बेल्यिजमका नागरिकलाई अस्पताल ल्याइएको छ। यसमध्ये कमला अलि बढी गम्भीर हुनुहुन्छ। अस्पतालका चिकित्सकले अधिकांशको हातखुट्टा र मेरुदण्ड भाँच्चिएको तथा मर्किएको जानकारी दिएका छन्। अन्नपूर्णपोष्ट


  •  
  •  
  •