उपचार खर्च नहुँदा ‘छोराको हत्या’

46
  •  
  •  
  •  

काठमाडौं २ भदौ ।
उपचार खर्च अभावमा आर्थिक अवस्था कमजोर भएका एक बाबुले ९ महिने छोराको हत्या गरेका छन्। सुटौना–२ का ३० वर्षीय रामश्री मण्डलले ९ महिने छोराको शव पोखरीमा फल्न लाग्दा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार आइतबार बिहान ५ बजे उनले कान्छा छोरा सुरज मण्डलको हत्या गरेका हुन्। मण्डलले छोरालाई हत्या गरी गाउँनजिकै रहेको पोखरीमा फालेर भारततर्फ भाग्दै खुटौना प्रहरी चौकीले तत्कालै पक्राउ गरेको प्रहरी निरीक्षक वीरेन्द्र ठाकुरले बताए। पोखरीमा फालिएको शव प्रहरीले फेला परेको छ। पक्राउ परेको मण्डलबारे आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ।
मण्डलको चार छोरामध्ये सुरज कान्छा हुन्। आर्थिक अवस्था कमजोर रहेकाले छोराको उपचार खर्च अभावमा उनको हत्या भएको हुन सक्ने प्रहरी निरीक्षक ठाकुरले बताए। नागरिकबाट


  •  
  •  
  •