आफ्ना नै पराई भएपछि

200
  •  
  •  
  •  

दिक्षा चापागाई /

मेरो नसिब नै यस्तै हो कि संयोग ? आज विहानै छोरा छोरीहरु लिएर मा जादा यस्तो दृष्य देखे पछि मैले सोध उहाँलाई । हजुरको नाम के हो ? किन यसरी यो विजोक सँग यहाँ बसि रहनु भएको छ ? उहाँको नाम रहेछ , मुन्ना सेरचन , उमेर ५६ बर्ष । बुबा बबी शेरचन पुर्व कर्नेल । काठमाणडौका स्थायी बासिन्दा रहेछन पहिला । वि. एड. सम्मको अध्ययन गरेर ८ बर्ष जर्मनी बसेका उनका २ छोरा र २ छोरी । पत्नीले अर्कै सँग विवाह गरेर गए पछि छोरा छोरीहरुले केहि बर्षमा घर बाट निकालि दिएछन ।

आज छोराछोरी आफन्त कहाँ छन केहि थाहा छैन । उनी भन्छन धेरै आफन्त विदेश मै कोहि अमेरिका, बेलायत, जर्मनी, युरोप तिर छन । बोल्दा धेरै अंग्रेजी मिसाएर बोल्ने हात खुट्टा धुलो मैलो, फोहोरले गर्दा दुर्गन्धित छन । जिन्दगी सँग अघाई सके बैनी म ।

मन भरी पिडा, आँखा भरी आँसु पारेर भने मृत्यु कुरी रहेको छु । यो ठाँउमा बसेको १ बर्ष जति भयो रे । बैनी मलाई पिता पुर्खाको नाम, धन , सम्पती, आफन्त, साथीभाई, देश विदेशले पनि केहि गरेन ।
म कहाँ जाने अब ? के खाने ? के गर्ने ? फोहोर र दुर्गन्धले गर्दा कसैले विस्कुट , चाउ चाउ पनि टाढैबाट फालेर दिए पछि उहाँ Thank you भन्नु हुदो रहेछ ।

कति मान्छे यो संसारमा मरेर पनि बाँचि रहेका छन त कति बाँचेर पनि पलपल मरि रहेका छन । बाँच्नेहरुले तेसै भनेको होईन रहेछ मर्ने हरु हो बाँचेर त हेर मर्न भन्दा बाँच्न कति कठिन छ …………………


  •  
  •  
  •