पहिरोले पुरिएर एक बालिकाको मृत्यु

82
  •  
  •  
  •  

ताप्लेजुङ, २ भदौं (ओएनएस) ; ताप्लेजुङमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सान्थाक्रा ७ निवासी मनिस चोङवाङ लिम्वुकी ४ वर्षीइ छोरी बिर्सिला लिम्बु रहेकी छिन् ।

बुधबार विहान आफन्तको घर जाने क्रमा पहिरो माथिबाट आए पछि उनकी मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार बाटोमा हिडिरको अवस्थामा माथिबाट झरेको पहिरोले बालिका पुरिएको हो ।

बालिकाको घटना स्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दोभानले जनाएको छ । ताप्लेजुङमा हिजोबाट नै निरन्तर झरी परेको थियो ।


  •  
  •  
  •