पहिरोले पुरिएर एकै परिवारका नौ जनाको मृत्यु

168
  •  
  •  
  •  

टोपलाल अर्याल

गुल्मी, ६ असार (ओएनएस) : गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका ९  जनाको मृत्यु भएको छ । गएराति परेको पानीसँगै आएको पहिरोले गुल्मी अग्लुङ ८ नेपानेका भविलाल कुँवरको घर बगाउँदा परिवारका सबै ९  सदस्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा घरमुली भविलाल कुँवरसहित उनकी श्रीमती चेती कुँवर, बुहारी सीता कुँवर, नाति चेतमान कुँवर, नातिनीहरु विन्दु कुँवर, भिमी कुँवर, हरिकला कुँवर, विपना कुँवर र झुठी विष्टको मृत्यु भएको प्रहरी नायब उपरिक्षक राजकुमार लम्सालले जानकारी दिए ।  छिमेकी एवं राप्रपा गुल्मीका अध्यक्ष भरतबहादुर चन्दका अनुसार विष्ट माइती आएका बेला पहिरोमा परेकी हुन् ।

घटनास्थल विकट गाविसमा रहेकाले ढिलोगरि मात्रै मृतकको शव निकालिएको प्रहरीले जनाएको छ । सदरमुकाम तम्घासबाट विकटमा पर्ने यो गाविसमा हिजो वर्षा भएको थियो ।


  •  
  •  
  •