लमजुङको मस्र्याङ्दी ३ तरापुमा पहिरो जाँदा ८ जना घाइते, १८ घरमा पूर्ण क्षति

714
  •  
  •  
  •  

काठमाडौं । लमजुङको मस्र्याङ्दी गाउँपालिका ३ खुदी तरापु पल्लोटारीमा पहिरो जाँदा ८ जना घाइते भएका छन् । बुधबार बिहान ९ बजे गएको पहिरोले १८ घरलाई पूर्ण क्षति पुर्‍याएको छ ।

 घटनास्थलमा रहेका गाउँपालिकाका उपाध्यक्ष होमबहादुर वि.कले पहिरोमा परी ४ जना गम्भीर घाइते भएका र अन्य चार जना सामान्य घाइते भएको बताए ।

घाइते हुनेमा स्थानीय ३० वर्षीय सिर्जना गोतामे, वर्ष २७ की सविता बस्याल, वर्ष ७० का देबबहादुर सार्की लगायत रहेका छन् । उनीहरुलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारका लागि बेसीशहर पठाइएको उपाध्यक्ष वि.कले जानकारी दिए ।

अन्यलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।

 सो क्षेत्रमा ८० घर उच्च जोखिममा रहेका र सबै घर–परिवारका ब्यक्तिहरुको स्थानन्तरण गरि अस्थायी बसोबासका लागि व्यवस्थापन गर्न लागिएको उपाध्यक्ष वि.कले बताए ।


  •  
  •  
  •