सिन्धुपाल्चोक ११ भदौ (ओएनएस) : सिन्धुपाल्चोकमा फेरि पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ । गएराती २ बजे गएको पहिरोले एक घर पुरिँदा माहाकाल ६ बोल्देमाएकै परिवारकाचार जनाको मृत्यु भएको हो । पहिरोले ३२ वर्षीय दिल बाहादुर तामाङ, ७० वर्षीय उनका हजुरबुबा, १३ वर्षीय छोरी एलिसा र ४ वर्षीय छोरा प्रशान्त तामाङ को ज्यान गएको हो । यस्तै श्रीमती ३२ वर्षीय मोती तामाङ भने घाइते भएकी छन् । उनलार्ई उपचारको लागि काठमाडौँ पठाइएको छ । गोठ पुरिँदा केही पशु चौपाय पनि मरेका छन् । अहिले उद्दारका लागि स्थानियबासीन्दा रप्रहरी लगायत खटिएका छन् । सिन्धुपाल्चोकमा पहिरोमा समेत गरी ज्यान गुमाउनेहरुयो सहित १७३ पुगेका छन्।