पहिरो जाँदा एकै परिवारका २ जनाको मृत्यु

367
  •  
  •  
  •  

जाजरकोट २९ साउन (ओएनएस) :
जाजरकोटमा पहिरो जाँदा एकै परिवारका २ जनाको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । जाजरकोटको सक्ला ३ बन्डालामा पहिरोमा परी २९ वर्षीया नबरती बोहरा र ७ वर्षीय छोरा नवराज बोहराको मृत्यु भएको प्रहरीले जनाएको । घरमा सुतिरहेका बेला रातभरीको झरीले बिहान ३ बजे घरमाथिबाट पहिरो जाँदा पुरीएर मृत्यु भएको हो । घाइतेको उपचार स्थानिय स्वास्थ्य चौकीमा नै भइरहेको र दिउँसो नेपालगन्ज लैजाने तयारी छ।


  •  
  •  
  •