बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो, ४३ सम्पर्कविहीन

85
  •  
  •  
  •  


काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी ३१ जनाको मृत्यु भएको छ।
गृह मन्त्रालयका अनुसार बुधबार बिहानसम्म ३१ को मृत्यु भएको छ भने ४३ जना बेपत्ता भएका छन् । विपदमा परेर २२ जना घाइते भएका मन्त्रालयकी विपद् व्यवस्थापन महाशाखाले जनाएको छ । सम्पर्कविहीन व्यक्तिको संख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ।
इलाममा सात, पाँचथरमा छ, डोटीमा सात, धनकुटामा छ, सुनसरीमा दुई, कालीकोटमा एक, डडेल्धुरामा एकसहित ३१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पहिरोमा परेर हुम्लामा छ, बझाङमा २३, कैलालीमा चारसहित विभिन्न जिल्लाका ४३ जना बेपत्ता भएका छन् । हालसम्म विभिन्न जिल्लाबाट ७०० को उद्दार गरिएको छ।


  •  
  •  
  •