मेलम्ची पहिरोः ६ जनाको शव भेटियो, अझै दुई जना बेपक्ता(अपडेट)

82
  •  
  •  
  •  

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरो जाँदा बेपत्तामध्ये ६ जनाको शव भेटिएको छ।

बेपत्ता अन्य दुई जनाको खोजी जारी छ। शव भेटिएपनि उनीहरूलाई चिन्ने मान्छे नहुँदा शवको पहिचान हुन नसकेको प्रहरीले बताएको छ ।

प्रदेश सरकारले बनाउँदै गरेको कभर्डहल निर्माणमा संलग्न कामदार बसेको घर पहिरोले पुरिँएको हो ।

पहिरोले पुर्दा ९ जना बेपत्तामध्ये भारत बेतीया घर भएका बारू शाहलाई सुरक्षाकर्मीको टोलीले जीवित उद्वार गरेको थियो। शाहको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचार भइरहेको छ।

पहिरोले भारत बेतीयाका ४२ राजेन्द्र चौरसीया, वीरगंजका ३५ वर्षीय प्रदिप चौरसीया, बारा सिमराका २१ वर्षीय राजेश चौधरी, २५ वर्षीय बिक्रम थिंग, २३ वर्षीय मानबहादुर रूम्बा, २० वर्षीय सिमन घ्लान, २१ वर्षीय शिबबालक धामी र १७ वर्षीय सोनम लामा सुतेका थिए। सँगै सुतेकामध्ये ६ जनाको शव भेटिए पनि को(को हो भन्ने पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ।

पहिरोमा परेकाहरु अन्यको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले खोजी जारी राखेको छ ।


  •  
  •  
  •