कालीकोटमा पहिरोले पुरिएर एकै परिवारका सातसहित ९ जनाको मृत्यु

249
  •  
  •  
  •  

काठमाडौं । कालीकोटस्थित नरहरिनाथ गाउँपालिकाको दुई स्थानमा पहिरो जाँदा एकै परिवारका सातसहित ९ जनाको ज्यान गएको छ ।

तस्बिरः प्रदिप बोहोराको फेसबुकबाट

नरहरिनाथ–७ मा पहिरो जाँदा एकै परिवारका सात जनाको ज्यान गएको गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टले बताए ।

उनका अनुसार पहिरोमा परी ज्यान गुमाउनेमा ६५ वर्षीय गंगे बुढा, उनकी श्रीमती ६१ वर्षीया नैना बुढा, २४ वर्षीया बुहारी कुशा बुढा, १० वर्षीया नातिनी चन्द्रीका बुढा, सात वर्षीय नाति राम बुढा, डेढ वर्षीय नाती चरित्र बुढा रहेका छन् ।  पहिरोले घरसँगै बगेका मध्ये १६ वर्षीया विमला बुढाको पनि मृत्यु भएको छ। उनकाे उपचारको क्रममा ज्यान गएको हाे ।

अध्यक्ष बिष्टले बुधबार बिहान करिब २ बजेतिर पहिरो जाँदा सात जनाको मृत्यु भएको बताए । गंगे बुढाको ११ जनाको परिवार मध्ये घर बगाउने समयमा चार जना भागेर बचेका छन् ।

 त्यस्तै नरहरिनाथ गाउँपालिका–४ को माझगोठीमा मंगलबार १२ बजेतिर आएको पहिरोले बाले बुढाको घर भत्कदाँ दुई जनाको मुत्यु भएको छ। मृत्यु हुनेमा ६४ वर्षका काले बुढा र उनकी श्रीमती ६१ वर्षीया मना बुढा रहेका छन् ।


  •  
  •  
  •