पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

360
  •  
  •  
  •  

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलोमा आज बिहान पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

फाइल तस्बिर

अविरल वर्षापछि सडकमा ठूलो पहिरो खसेकाले बिहान पाँच बजेदेखि नै सडकमा गाडी चल्न नसकेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरोले दुई वटा बिजुलीका पोलसमेत ढालेको छ। सडक अवरुद्ध हुँदा दुबैतर्फ सयौँ सबारी साधनको लाइन लागेको छ। सवारी साधनलाई धादिङ र नारायणगढतिरै रोकिएको छ ।


  •  
  •  
  •