कास्कीमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु

174
  •  
  •  
  •  

पोखरा । कास्कीमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बिहीबारदेखि परेको अविरल वर्षाले स्थानीय प्रेम विकको घरमाथि पहिरो खस्दा माछापुच्छ्रे गाउँपालिका–८ स्थित खोराकोमुखमा एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तीनै जना प्रेम विकका नातीनातिनाहुन् । घरमा ६ जना सुतिरहेको अवस्थामा माथिबाट पहिरो खसेको थियो । घरको १ कोठा पहिरोले च्यापेको छ ।

अन्य तीन जना भने शकुसल रहेको प्रहरीले जनाएको छ । घटनास्थल पोखराबाट उत्तर पश्चिम २० किमीको दूरीमा पर्छ।


  •  
  •  
  •