पहिरोमा परी हराइरहेकामध्ये थप एक जनाको शव भेटियो

53
  •  
  •  
  •  

तनहुँ । तनहुँमा पहिरोमा परी हराइरहेका एक जनाको शव भेटिएको छ। मंगलबार दिउँसो व्यास–११ ओडारेका ५२ वर्षीय पदम बहादुर भुजेलको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक्साभेटरको प्रयोगबाट पहिरोमा खोजी गर्दा मंगलबार ४ बजेतिर भुजेलको शव भेटिएको हो ।

भुजेलको शव भेटिएसँगै ११ जनाको शव भेटिएको छ भने एक जना अझै पनि हराइरहेका छन्। व्यास–९ माझफाँटका २० वर्षीय राजेश थापा भने अझैसम्म हराइरहेका छन्।

उनको एक्साभेटर, नेपाली सेना र नेपाल प्रहरीको टोलीले खोजी कार्य गरिरहेको छ ।

जिल्लामा पहिरोमा परी १२ जना हराएका मध्ये ११ जनाको शव पहिरोबाट निकालिसकिएको छ।


  •  
  •  
  •