सिन्धुपाल्चोक पहिरो: २ काे मृत्यु, २२ बेपत्ता(मृतक र बेपक्ताको नामसहित)

258
  •  
  •  
  •  

काठमाडौं । बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले सिन्धुपाल्चोकको बाढी/पहिरोको घटनाप्रति दुःख व्‍यक्त गरेका छन्।

जिल्लाको बाह्रबिसे नगरपालिका ५ जम्बुमा बुधबार राति बाढी–पहिरोमा परी २४ वर्षीय निकेश बस्नेत र उनकी २ वर्षीया छोरी नियोन बस्‍नेतको शव भेटिएको छ भने २२ जनाको अवस्था बेपत्ता रहेको मन्त्री दुलालले पुष्टि गरेका छन्।

बाह्रबिसे र भोटेकोशी गरी ३५ घरमा पूर्ण क्षति हुनुका साथै मध्य भोटेकोशीको निर्माणाधीन हाइड्रोपावरको पावर हाउस डुवान, हाइड्रोमेकानीकल समान डुवान र क्षति भएको पनि उनले जनाएका छन्। घाइतेहरूलाई हेलिकोप्टरमार्फत घाइतेको उद्धार गरी काठमाडौं ल्याई उपचार भइरहेको छ ।

हेर्नुहोस् मन्त्री दुलालले जानकारी गराएको घटना विवरण

प्रतिकूल मौसमका बाबाजुद बार्हबिसेको जम्बु र भोटेकोशीको बुलकोटे (बञ्जी नजिकै) बाट हेलिकोप्टर मार्फत घाइतेको उद्धार गरी काठमाडौं ल्याइ उपचारको ब्यबस्था मिलाइएको छ । बिस्थापितलाइ राहतको ब्यबस्था मिलाइनेछ । मृतकप्रति हार्दिक श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । शोकाकुल आफन्तजनमा गहिरो समवेदना तथा बिस्थापित पीडितलाइ धैर्यता गर्ने सहास जुटोस भन्ने कामना गर्दछु ।
घटना बिबरण निम्नानुसार छ :
मृतकहरु:
निकेश बस्नेत २४ र नियोन बस्नेत करिब २ बर्ष
बेपत्ताहरु : जम्बु तर्फ
१.भिम ब. वाइवा, ७२
२.चिनीमाया वाइवा, ७०
३ लिलामाया वाइवा, २९
४ पाशाङ डोल्मा वाइवा ८
५ निमा डोल्मा वाइवा २
६ लक्ष्मण वाइवा, २५
७ सुनमाला वाइवा, १३
८ जनक ब.थिङ, ५५
९ सबिना तमाङ, २८
१० आकास तमाङ ४
११ हिमेश शर्मा (हा.पा. सेक्युरिटी) ३५
१२ आकास केसी (इन्जिनियर जाईका) २४
१३ तोक बहादुर तमाङ ५७
१४. युक्त कु.तमाङ ५५
१५ सुवेस तमाङ २५
१६. माइली तमाङ ६५
१७ . सलिना तमाङ २२
१८. चिनिया नागरिक १
बुलकोटे नयापुलमा एकाघरका ४ जना,
निमा दोर्जे तमाङ ६२, मञ्जु तमाङ २८, साहिल तमाङ ७ र पाशाङ नोर्बु तमाङ ११
घाइते जम्बु तर्फ :
सुवेस तमाङ साइला, बुट्टीमाया तमाङ, सबिना तमाङ बस्नेत
घाइते नयापुल तर्फ :
फुर्वा तमाङ, पेमा तमाङ र उनको ७ दिनको छोरी
बार्हबिसे र भोटेकोशी गरी ३५ घर पूर्ण क्षति
मध्य भोटेकोशीको निर्माणाधिन हाइड्रोपावरको पावर हाउस डुवान , हाइड्रोमेकानीकल समान डुवान र क्षति


  •  
  •  
  •