पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

386
  •  
  •  
  •  

चितवन । नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेको छ ।  पहिरो खसेसँगै सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबारदेखि परेको वर्षातले इच्छाकामना गाउँपालिका–६ चारकीलोमा शुक्रबार बिहान पहिरो खसेको हो ।

फाइल तस्बिर

पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली खटिएका छन् ।


  •  
  •  
  •