पहिरोले १० घर विस्थापित

113
  •  
  •  
  •  

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ तातोपानीको चोकीडाँडाका १० परिवार विस्थापित भएका छन् भने अन्य २० घर उच्च जोखिममा परेका छन् ।

बस्तीमाथिको पहिरो र बस्ती तलको कोशी–कटानले १० परिवार विस्थापित र २० परिवार जोखिममा परेको स्थानीयले गुनासो गरेका छन् ।

पहिरोसँगै खसेकोे ढुंगा घरभन्दा केही माथि अड्किेपछि संगी शेर्पा, कालु तामाङ, नुर्पू शेर्पा, निङ्मार शेर्पा, हेमबहादुर गुरुङलगायत १० परिवार घर छोडेर तातोपानीमा बस्न थालेको स्थानीय भीमबहादुर मगरले बताए ।
सडक खनेपछि बाढी पहिरोको जोखिम झन् बढेको वडासदस्य तेजबहादुर तामाङको भनाइ छ ।


  •  
  •  
  •