पहिरोले दुई वटा जीप पुरियो

63
  •  
  •  
  •  

पाल्पा । पाल्पा बुटवल सडकखण्डको तिनाउँ गाउँपालिका हेडबक्समा पहिरोले २ वटा जीप पुरिँएको छ ।
जीप पुरिँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

पाल्पाबाट बुटवलका लागि छुटेको लु २ च ५९३८ नम्बरको जीप र बुटवलबाट पाल्पाका लागि छुटेको लु १ ज २६१७ नम्बरको जीपलाई पहिरोले पुरेको थियो ।
पहिरोले पुर्दा लु १ ज २६ १७ नम्बरका जीपका चालक गुल्मी थापचौरका २६ वर्षीय कमल परियारको मृत्यु भएको हो ।
घाइतेहरुको बुटवल अञ्चल अस्पतालमा उपचार भइरहेको पहिरोले जनाएको छ ।


  •  
  •  
  •