पहिरो पीडितको घर प्रदेश सरकारले बनाइदिने

628
  •  
  •  
  •  

रुपन्देही । गुल्मी ठुलोलुम्पेकमा पहिरोबाट घर विहिन भएकाहरुको आवास प्रदेश सरकारले बनाइदिने भएको छ ।
प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले पहिरोबाट पीडितको घर प्रदेश सरकारले निर्माण गरिदिने बताए ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिले गुल्मीको ठुलोलुम्पेकमा पहिरोबाट विस्थापित भएकाहरुलाई राहत हस्तान्तरण कार्यक्रममा मन्त्री बरालले प्रमुख जिल्ला अधिकारी समक्ष पूर्ण र आंशिक घरविहिनहरुको तथ्यांक निकालेर घर बनाइने बताए ।

अहिले प्रदेश सरकारले लागत स्टीमेट तयार गर्दै गरेको समेत मन्त्री बरालको भनाइ छ ।  पठुलोलुम्पेकको वडा नं ३ र ४ मा गएको पहिरोबाट विस्थापित भएकाहरुलाई सामाजिक उत्तरदायित्व अनुसार पाँच लिटरका २ सय कुक्करहरु हस्तान्तरण गरिएको प्रालिका अध्यक्ष दधिराम खरेलले बताए ।

उनले महाभुकम्पको समयमा समेत लाखौँ रुपैयाँ सहयोग गरेको उल्लेख गर्दै यातायात व्यवसायी सेवा मुलक व्यवसायी भएकाले राहत हस्तान्तरण गरिएको बताए ।


  •  
  •  
  •