पहिरोले ८ घर उच्च जोखिममा

301
  •  
  •  
  •  

भक्तपुर । भक्तपुरको लोकन्थलीस्थित मुख्य सडकमा पहिरो जाँदा ८ घर उच्च जोखिममा परेका छन् । सोमबारराती परेको वर्षाका कारण मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीमा पहिरो गएको हो ।

जोखिममा परेकालाई राति नै अन्यत्र सारिएको प्रहरीले जनाएको छ । काठमाडौं खानेपानी आयोजनाले खानेपानी टयांकी बनाउन भन्दै रेटनिङ पर्खाल भन्दा गहिराएर खनिदिएपछि पहिरो खसेको स्थानीयले बताएका छन् ।
पहिरो खस्दा सवारी आवागमन समेत प्रभावित बनेको छ ।

पहिरो गएको स्थानको प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा प्रमुख, सांसद महेश बस्नेत र स्थानीय तहका जनप्रतिधिहरुले मंगलबार बिहान अवलोकन गरेका थिए ।


  •  
  •  
  •