दोलखामा पहिरो जाँदा २ जना बेपत्ता

218
  •  
  •  
  •  

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरो जाँदा २ जना बेपत्ता भएका छन् ।
वडा नं २ डुगोमा शुक्रबारराति वर्षासँगै आएको पहिरोले घर पुर्दा २ जना वेपत्ता भएका हुन् । स्थानीय र सुरक्षाकर्मीको बेपत्ताको खोजी जारी राखेका छन् ।

पहिरोले स्थानीयका एक दर्जनभन्दा बढी घर पुरेका विगु गाउँपालिका उपाध्यक्ष संजिव ओलीले जानकारी दिए ।
पहिरोबाट पुगेको क्षतिका बारेमा विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।


  •  
  •  
  •