दोर्दीखोलामा आएको बाढीले मृत्यु हुनेको संख्या ४ पुग्यो(अपडेट)

१७ को सकुशल उद्धार
467
  •  
  •  
  •  

लमजुङ । लमजुङको दोर्दीखोलामा बुधबार दिउँसो आएको बाढीले मृत्यु हुनेको संख्या ४ पुगेको छ भने १० भन्दा बढी सम्पर्क विहिन भएका छन् ।

दोर्दी गाउँपालिकाको वडा नं। ४ शेरापुल नजिकै दुई जनाको शव फेला परेको छ भने किर्तीपुर भन्ने ठाउँमा थप तीनजनाको शव फेला परेको दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले जानकारी दिएका छन् । शवको पहिचान भने खुल्न सकेको छैन् ।

मनास्लु हिमाल काखबाट बगेको नदिमा मुहान वरपर पहिरो चलेका कारण बाढी आएको हुन सक्ने स्थानीयको अनुमान गरेका छ । बाढीले दोर्दी वडा नं। ६ ताँजेमा रहेको ५४ मेगावाट क्षमताको सुप्पर दोर्दी जलविद्युत आयोजनाको २ वटा लोडर, २ वटा ट्याक्टर, २ वटा कम्प्रेसर, एउटा जेनेटर लगायतका सामाग्री बगाएको आयोजना प्रवद्र्धक केशव रायमाझीले बताए ।

आयोजनाको टनेल भित्र बाढी पसेपछि फसेका १७ मजदुरहरुको भने सबैजनाको सकुशल उद्दार गरिएको रायमाझीले बताए ।

यसैगरी बाढीका कारण लिवर्टी ईनर्जी पावर कम्पनीद्धारा प्रवद्र्धित माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाका कार्यरत १५ भन्दा बढी मजदुरहरु पनि हराइरहेका छन् । आयोजनाका आत्माराम घिमीरेका अनुसार आफ्नो जलविद्युत् आयोजनामा कतिजना मजदुर हराएका छन् भन्ने एकिन जानकारी नै पाउन नसकेको बताए ।

आयोजनाको बाँध क्षेत्र निर्माणको क्रममा खोला नजिकै आवास बनाएर बसेका मजदुरहरुलाई बाढीले बगाएको हो ।
‘आयोजना बाँध क्षेत्रमा मजदुरहरुको आवास थियो’ घिमीरेले भने ‘आवासमा बसेका र काम गरीरहेका कति जनालाई बगायो भन्ने नै एकिन छैन ।’

बाढीले वितण्डा मच्चाएपछि सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी डा। डिजन भट्राई, डिएसपी रविन्द्रमान गुरुङ, प्रहरी निरीक्षक बसन्त पाण्डे नेपाली सेनाको मेजर राम बोहोरा सहितको टोली घटनास्थल पुगेको थियो ।
तर निरन्तर वर्षा कच्ची सडकका कारण घटनास्थल पुग्न निकै कठिनाई भएको प्रहरीले जनाएको छ ।

तस्बिरः खेम गुरुङको फेसबुकबाट


  •  
  •  
  •