पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गयो

467
  •  
  •  
  •  

हेटौंडा । मकवानपुरको मार्खुमा पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गएको छ ।
सुतिरहेका आमा र छोरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

?

ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मार्खुमा पहिरोले पुर्दा कान्छीमाया बलामी र उनकी १८ वर्षीया छोरी बबिता बलामीको ज्यान गएको हो ।

त्यस्तै पहिरोमा परि ३८ वर्षीया बुहारी बेली बलामी घाइते भएकी छन् ।
पहिरोले पुरिएर बेपत्ता भएका दुई जनाको शव फेला पारिएकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

आइतबार राति नै पहिरो खसे पनि स्थानीयबासीले भने सोमबार बिहान मात्रै थाहा पाएका थिए । बिहानपख छिमेकी बलामीकोे घरै नदेखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।


  •  
  •  
  •