प्रहरी जवान श्रेष्ठले साथीको कोठाबाट पनि भेटियो एक किलो पँहेलो धातु

47
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंमा अर्का एक व्यक्तिको कोठाबाट पनि एक किलो सुनजस्तो धातु बरामद भएको छ । काठमाडौंमा प्रहरी जवान प्रशन्न श्रेष्ठले लुकाएको अवस्थामा सुनजस्तो देखिने एककिलो धातु भेटिएको केही समयमै उनको साथीको कोठाबाट धातु बरामद भएको हो । बागबजारस्थित श्रेष्ठका साथी उमेश श्रेष्ठको कोठाबाट सो धातु बरामद भएको हो ।

फाइल तस्बिर

बरामद भएको धातु सुन हो वा होइन परीक्षणका क्रममा छ । मंगलबार बरामद भएको साढे १४ किलो नक्कली सुनको अनुसन्धानका क्रममा थप एककिलो धातु फेला परेको हो ।

मंगलबार बरामद भएको भनिएको नक्कली सुन र हतियारबारेको सूचना बहादुरसिंह कडायत र प्रशन्न श्रेष्ठले नै महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपीलाई दिएका थिए ।


  •  
  •  
  •