पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस मनाइँदै

52
  •  
  •  
  •  

काठमाडौं, १३ वैशाख(ओएनएस) : नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस आज विभिन्न कार्यक्रम गरिदैँछ ।

विसं १९७८ सालमा काठमाडौंमा जन्मिएका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो ।
लामो राजनीतिक संघर्षको क्रममा उनले १७ वर्ष जेल जीवन बिताएका थिए ।

पढाइको सिलसिलामा भारतको बनारसमा रहँदा भारत छोडो आन्दोलनमा सहभागि हुँदा उनी बनारसमा जेल परेका थिए ।
जेलमा भारतीय कम्युनिष्ट नेतासँगको सम्पर्कमा उनी कम्युनिष्ट पार्टीमा संगठित भएका थिए ।

अधिकारीले २००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व गरेका थिए ।
अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए ।  नेतृत्वको ९ महिने सरकारले आफ्नो गाउँ आफै बनाउँ, बृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रम सुरु गरेको थियो ।


  •  
  •  
  •