काठमाडौं, ५ बैशाख (ओएनएस) : गरिबी निवारण कोषका ३६ जना कर्मचारीविरुद्ध करिब साढे ४ करोड भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
कोषका कार्य प्रबन्धकहरु, लेखा अधिकृतहरु, लेखा सहायक, वित्त तथा प्रशासन प्रमुख र कार्यकारी निर्देशक समेतले मिलेमतोमा व्यक्तिगत लाभ पुर्याउने गरी विभिन्न आर्थिक वर्षमा अनियमितता गरेकाले मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार कार्यप्रबन्धक दीपा रेग्मी, महेशकुमार शाही, वित्त तथा प्रशासन प्रमुख मनोज चिपालु र कार्य प्रबन्धक मनोजकुमार गुप्तासहित ३६ जनाको मिलेमतोमा यो भ्रष्टाचार भएको हो ।
उनीहरुले आर्थिक वर्ष ०६६।०६७ मा ९६ लाख २५ हजार चार सय ३० रुपैयाँ आ।व। ०६७।०६८ एक करोड ८४ लाख ४२ हजार नौ सय ६९ रुपैयाँ र आ.व. ०६८।०६९ मा एक करोड ५४ लाख १९ हजार पाँच सय १६ रुपैयाँसहित जम्मा ४ करोड ३४ लाख ८७ हजार नौ सय १६ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।
उनीहरुले विभिन्न कार्यक्रम र त्यस बापतको भ्रमणका नाममा खर्च भएको भनि नक्कली विल भर्पाई पेश गरी पेश्की फछर्यौट नगरी भ्रष्टाचार गरेको अभियोग अख्तियारले लगाएको छ ।
कसको कति बिगो ?