पद्मकन्या क्याम्पसमा छात्राहरु छुरा लिएर निस्किएपछि….

203
  •  
  •  
  •  

काठमाडौँ, २६ पुस ।
स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन प्रचार प्रसारको विषयलाई लिएर राजधानीको पद्मकन्या क्याम्पसमा विद्यार्थी संगठनबीच झडप भएको छ। सोमबार भएको झडपमा दुवै पक्षले आफ्ना विद्यार्थी कुटिएको दाबी गरेका छन्। स्ववियु निर्वाचन प्रचार प्रसार र भित्तेलेखन विषयमा विवाद हुँदा झडप भएको हो।

झडपमा नेविसंघले अनेरास्ववियु ‐क्रान्तिकारी) नेतृ सीता मिजारलगायतमाथि छुरा प्रहार गरेको आरोप लगाएको छ। उसले प्रहरी घटनामा रमिते बनेकोसमेत दाबी गरेको छ। तर, अखिल क्रान्तिकारीले भने घटनामा नेविसंघ विद्यार्थीले आफ्ना संगठनका विद्यार्थीमाथि आक्रमण गरेर घाइते बनाएको दाबी गरेको छ।
समाचारपत्रबाट


  •  
  •  
  •