प्राध्यापकले पढाउने क्रममा यस्ताे कुरा गरेपछि विद्यार्थी उत्रे प्रतिकारमा

310
  •  
  •  
  •  

१९ चैत्र : भारतका एक प्राध्यापकले पढाउने क्रममा यस्ताे कुरा गरेपछि विद्यार्थी उत्रे प्रतिकारमा उत्रेका छन। प्राध्यापकले पढाइ रहेकाे बेलमा आफ्ना छात्राकाे संवेदनशिल अंगलार्इ जाेडेर अशोभनीय टिप्पणी गरेपछि उनीहरु क्रुद्ध बनेका छन् ।

दक्षिणी भारतीय राज्य केरलाका प्राध्यापकले छात्राको स्तनलाई खरबुजासँग दाँजेपछि छात्रा विद्यार्थीहरु प्रतिकारमा उत्रेका हुन् । उनले यसरी दाँजेपछि सो राज्यका विद्यार्थी आक्रोशित बनेका छन् । प्राध्यापकको टिप्पणीपछि केही विद्यार्थीले खरबुजाको टुक्रा बोकेरै सडकमा प्रदर्शन गरेका छन् ।

केही छात्राहरूले समाजिक सञ्जालमा आफ्ना टपलेस तस्विरसमेत पोस्ट गरेका छन् ।

प्राध्यापकले अश्लील टिप्पणी गरेको भिडियो इन्टरनेटमा राखिएको थियो । उत्तर केरलाको कोजहिकोडी सशरको फारुक तालिम कलेजका प्राध्यापक जोउहार मुनाभभिर टीले व्यक्त गरेका धारणाको रेकर्ड अंशलाई सामाजिक सञ्जालमा व्यापक सेयर गरिएको छ ।


  •  
  •  
  •