राप्रपा नेपालका नेता लावतीको निधन

203
  •  
  •  
  •  

Padma-Sundar-Lawatiकाठमाडौ, २७ जेठ(ओएनएस) :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका नेता पद्मसुन्दर लावतीको निधन भएको छ ।

नर्भिक अस्पतालमा उपचाररत लावतीको बुधबार निधन भएको हो । मृगौला सम्बन्धी सम्सया भएपछि लावतीलाई जेठ २३ गते अस्पताल भर्ना गरिएको थियो ।

७६ वर्षका लावती पञ्चायत र बहुदलीय व्यवस्थामा पटक–पटक गरी १२ पटक मन्त्री भएका थिए ।

पाँचथरका लावती  पञ्चायतकालमा गृह, सामान्य प्रशासन र कृषि मन्त्री बनेका थिए । मेची राजमार्ग बनाउनमा लावतीले विशेष भूमिका खेलेका थिए ।

राप्रपा नेपालका उपध्यक्ष रहेका बेला लावतीले अध्यक्षको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै अाफ्नै अभियान थाल्दै राप्रपा नेपालको समानान्तर कमिटी गठन गरेका थिए । त्यसपछि पार्टीको कारवाहीमा परेका लावतीको कमिटीलाई राप्रपाले लावतीले  खोलेको कमिटीलाई वास्ता गरेको थिए । लावतीका तीन छोरा र दुई छोरी छन् ।


  •  
  •  
  •